गढवामा ग्रामीण स्वास्थ्य सेवाका लागि १५ शैय्याको अस्पताल निर्माण तीव्र गतिमा

आलोक भावुक

गढवा, २७ मंसिर । दाङको गढवामा १५ शैय्याको अस्पतालको निर्माण कार्य जारी रहेको छ। ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार दाङको गढवामा पनि अस्पताल निर्माण हुन लागिएको हो।

गढवा गाउँपालिका वडा नम्बर ६ मा गढवा स्वास्थ्य चौकीको परिसरमा गढवा गाउँपालिका कार्यपालिकाको कार्यालय गढवा दाङले सो अस्पताल निर्माण गर्न लागेको हो। आर्थिक वर्ष २०८१/०८२ मा निर्माणाधीन अस्पताललाई निरन्तरताका लागि साढे पाँच करोड बजेटको व्यवस्थापन गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

हाल सम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको छ भने हाल भैरहेको ढलानको कार्य सम्पन्न भए करिब ४० प्रतिशत काम सकिने गढवा गाउँपालिका प्राविधिक शाखाका प्रमुख बिनय कुमार यादवले जानकारी दिनुभयो। आर्थिक वर्ष २०८१/०८२ मा निर्माणाधीन अस्पताललाई निरन्तरताका लागि साढे पाँच करोड बजेटको व्यवस्थापन गरिएको छ।

अस्पताल निर्माण भएपछि गढवा गाउँपालिकाका कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्दैन। अस्पताल भवन निमार्ण भएपछि गाउँमै आधारभूत उपचार सेवाको शुरुवात हुने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।अहिले पनि गढवा स्वास्थ्य चौकीबाट इमर्जेन्सी सेवा दिई रहेका छौ तर तर प्रयाप्त मात्रमा भौतिक संरचना नहुदा सेवा प्रवाहमा कठिनाइ आएको बताउदै अध्यक्ष पोख्रेलले १५ शैय्याको अस्पताल निर्माण पश्चात् सम्पुर्ण सेवा सहितको अस्पताल सञ्चालन हुने बताउनु भयो।

भवन निर्माणमा ढिलाई नहोस् भनेर द्रुतगतिमा काम भइरहेकाे गाउँपालिकाले जनाएकाे छ । सम्झौताअनुसार नै निर्माण कार्य सम्पन्न गरी समय मै आकस्मिक सेवा सहितको सबै सेवा सुचारु गर्न लागि परेको गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।

गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अनुसार गढवा गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणको लागि २२ करोड लागत लाग्ने अनुमान गरिएको छ। अस्पताल निर्माण भएपछि पालिकाबाटै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ। यस कार्यले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा पनि टेवा पुग्ने छ बिस्वास गरिएको छ।

भैरहेको ढलानकार्यको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, प्राविधिक शाखा प्रमुख इन्जिनियर बिनय कुमार यादव, एस मिश्र, प्रविण अधिकारी लगायतको टिमले कामले अवलोकन तथा निरिक्षण गर्नु भएको छ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']