गढवा गाउँपालिकामा ५ नं. वडा कार्यालयबाटै विद्युत महसुल तिर्न सकिने व्यवस्था

आलोक भावुक

गढवा, २६ मंसिर ।दाङको गढवा गाउँपालिकाले आफ्नो वडा नम्बर ५ मा वडा कार्यालयबाटै विद्युत महसुल बुझ्ने सेवा सुरु गर्ने व्यवस्था मिलाएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ को यस कदमलाई वडा बासीहरूको सुविधा र समय बचतका लागि महत्त्वपूर्ण निर्णयका रूपमा अघि सारेको छ।

२०८१ साल पौष १ गतेदेखि लागू हुने यो सेवाबाट वडा बासीहरूले अब स्थानीय स्तरमै विद्युत महसुल बुझाउन सक्नेछन्, जसले गर्दा समय र यातायात खर्चमा कमी आउने अपेक्षा गरिएको छ। वडाध्यक्ष लेख बहादुर थापाले यस सेवाको उद्देश्य वडा बासीहरूको रकम र समयको सही सदुपयोग गर्न सहयोग पुर्‍याउनु रहेको बताउनुभयो ।

यस कार्यले वडा कार्यालय र जनतालाई अझ नजिक बनाउने तथा जनमैत्री सेवा प्रवाहको नयाँ आयाम स्थापित गर्ने विश्वास गरिएको वडाध्यक्ष थापाले बताउनुभयो। वडा कार्यालयले एक सूचना जारी गर्दै यस सेवाबाट लाभ लिन सबै वडा बासीलाई आग्रह समेत गरेको छ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']