गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६दिने अभियान समापन

लैङ्गिक हिंसा अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक

आलोक भावुक

गढवा, २५ मंसिर । दाङको गढवा गाउँपालिकामा ‘हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध’ भन्ने मुल नाराका साथ मंसिर १० गते देखी सुरु भएको १६ दिने अभियानको आज मंगलवार समापन भएको छ।

१६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले १६ दिन मात्र मनाएर लैङ्गिक हिंसा बिरुद्धको अभियान सफल नहुने भन्दै लैङ्गिक हिंसा बिरुद्धको अभियान निरन्तर चलाउनु पर्ने बताउनुभयो।

लिङ्गको आधारमा हुने सबैखाले हिंसाको अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउदै अध्यक्ष पोख्रेलले त्यसका लागि जनप्रतिनिधि, बिभिन्न संघ संस्था, सरोकारवाला निकाय, राजनीतिक दल, प्रहरी प्रशासन सबैको प्रतिबद्धता, पर्सा र सहयोग हुनै पर्ने बताउनुभयो। महिला, बालबालिका र अल्पसंख्यक सबैभन्दा बढी हिंसाको शिकार हुने गरेको बताउदै अध्यक्ष पोख्रेलले हिंसामा परेका हरुको सुरक्षा र संरक्षणको व्यवस्था पनि गर्नु पर्ने बताउनुभयो। नेपाली समाज पितृसत्तात्मक सोचमा ग्रस्त भएकोले पुरुषबाट महिला हिंसा बढी भएको बताउनुभयो। रुढीवादी परम्परा जस्तै बोक्सीको आरोपमा समाजका गरिब बिपन्न दुखी लाई आरोप लगाउने र त्यो पनि महिलाले महिलालाई नै आरोप लगाउने गलत परम्परा बाट छुटकारा पाउन आवश्यक रहेको बताउनुभयो।

समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैङ्गिक हिंसा बिरुद्धको अभियान सफल पार्न हामी सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। हिंसा बिरुद्धको अभियान मनाउदै र हिंसा गर्दै गर्ने हो भने लैङ्गिक हिंसा बिरुद्धको अभियानको कुनै अर्थ नरहने बताउनुभयो। समाजमा महिला, पुरुष, बालबालिका र अल्पसङ्ख्यक सबै हिंसामा परेकोले हिंसा मुक्त समाजको निर्माण नभए सम्म समुन्नत समाजको निर्माण हुन नसक्ने बताउनुभयो।

कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, ४ नम्बर वडासदस्य टुकमान कुँवर, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, समाजसेवी चन्द्रमणि आचार्य, सहभागिका तर्फबाट शारदा खड्का र शुसिला यादवले लैङ्गिक हिंसा बिरुद्धको अभियान बारे बोल्नु भएको थियो।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

१६ दिने अभियानको आज समापन कार्यक्रममा महिला कुर्सी दौड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

कुर्सी दौड प्रतियोगितामा अञ्जु यादव, प्रथम, ज्ञानमति यादव द्वतिय, तारा यादव तृतीय र मिना अधिकारी, रेशिका चौधरी, उर्मिला चौधरी, शुसिला यादव, निर्माया चौधरी, रिङ्कु चौधरी र जसोदा चौधरी सान्त्वना स्थान प्राप्त गर्नुभएको छ। सबैलाई पुरस्कार वितरण गरिएको थियो।

समापन कार्यक्रममा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समुद्घाटन कार्यक्रममा र्‍यालीमा लगायत अन्य समयमा बजागाजा सहित कार्यक्रमको सोभा बढाएको भन्ददै गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रलाई नगद सलित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा,कार्यपालिका सदस्य चन्द्रा केसी र मिना पुन, न्यायिक समिति सदस्य रेखा थापा,४ नम्बर वडासदस्य टुकमान कुँवर, ७ नम्बर वडा सदस्य मायाराम चौधरी,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, गढवा होटल ब्यवसायी संघका सचिव टोपलाल सुबेदी, समाजसेवी चन्द्रमणि आचार्य, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा कोषाध्यक्ष रेशम बहादुर शाही, सिपि नेपालकी रिया चौधरी र प्रेसा चौधरी , सामुदायिक स्रोत व्यवस्थापन केन्द्रकी बसन्ती चौधरी, शान्ति पुनर्स्थापना गृह कोईलाबासकी सिमा जिसि र सम्झना चदारा, गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका अध्यक्ष जित बहादुर आले मगर, गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित बिभिन्न मुल तथा उपहार समुहका उद्यमी महिलाहरु लगायतकाको सहभागिता रहेको थियो।

गढवा गाउँपालिका गाउकार्यपालिका सदस्य चन्द्रा केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']