गढवामा राप्ती प्राविधिक शिक्षालयद्वारा गढवा ५ बाकीमा निःशुल्क स्वास्थ्य शिविर, १५३ जनाको स्वास्थ्य परीक्षण 

आलोक भावुक

गढवा, १४ मंसिर ।राप्ती प्राविधिक शिक्षालय गढवा-३ ले शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।

राप्ती प्राविधिक शिक्षालय डिप्लोमा इन फार्मेसी कार्यक्रमको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा वडा नम्बर ५ का कुल १ सय ५३ जनाले सेवा लिएका छन्। जसमध्ये १ सय ५३ जनाको प्रेसर चेकजाँच गरिएको छ भने ४५ जनाको सुगर जांच गरिएको छ। ड्रेसिङ ५ जनाको ड्रेसिङ र १सय ५३ जनाको अक्सिजन तथा प्लसरेट चेकजाँच गरिएको राप्ती प्राविधिक शिक्षालयकी स्वास्थ्य प्रशिक्षक भावना रेग्मीले जानकारी दिनुभयो। ६० भन्दा बढीजना लाई औषधी वितरण गरिएको राप्ती प्राविधिक शिक्षालय गढवा-३ का शिक्षालय प्रमुख शालिकराम डांगीले जानकारी दिनुभयो।

आफ्नो वडा कार्यालयबाट निशुल्क रुपमा स्वास्थ्य चेकजाँच तथ सम्मानित औषधी पाउदा स्थानीय खुसी भएका छन्। निशुल्क स्वास्थ्य शिविरबाट जाडो मौसममा आईपर्ने समस्या र देखापर्ने रुघाखोकी ज्योरो सुगर प्रेसर लगायतका २२ प्रकारको औषधी निशुल्क वितरण गरिएको राप्ती प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक प्रमिला कोइरालाले जानकारी दिनुभयो।

स्वास्थ्य शिविरमा राप्ती प्राविधिक शिक्षालयका लेखापाल नारायण भण्डारी, कार्यक्रम संयोजक प्रमिला कोइराला, राप्ती प्राविधिक शिक्षालय डिप्लोमा इन फार्मेसी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शिक्षालयले यस भन्दा पहिले गढवा गाउँपालिका वडा नम्बर ३ सुपैलामा निशुल्क एकदिने स्वास्थ्य शिविर सञ्चालन गरी ५९ जना र गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा १ सय ३६ जनाको स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधी वितरण गरि सकेको छ राप्ती प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख शालिकराम डांगीले जानकारी दिनुभयो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']