गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर: ४३ मोतिबिन्दुका बिरामी पहिचान

आलोक भावुक

गढवा, १२मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा मंगलवार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।

निशुल्क आँखा शिविरमा १ सय ७६ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ४३ जना मोतिबिन्दुका बिरामी पत्ता लागेका छन्।

चेकजाँचको क्रममा ७७ जनालाई निशुल्क चस्मा वितरण गरिएको नेत्र ज्योति संघ लमही आँखाकी नेत्र सहायक दक्षिणा चौधरीले जानकारी दिनुभयो ।

नेत्र सहायक दक्षिणा चौधरीका अनुसार १ सय ६ महीला र ७० जना पुरुषको आँखा चेकजाँच गरिएको हो । जसअनुसार ४३ जनालाई मोतिबिन्दु र ७ जनाको मासु पलाएको बिरामी भेटिएका छन् ।

निशुल्क आँखा शिविर बाट शल्यक्रियाका लागि छनौट भएका बिरामीहरूलाई बुधबार बिहान ८ बजे आखा अस्पतालकौ बस गढवा – ७ मानपुरबाट लिएर लमही जाने र सोही दिन शल्यक्रिया हुने अस्पताल स्रोतले बताएको छ।

मोतिबिन्दुको शल्यक्रिया:

लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ। साथै, अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।

PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट, औषधी, र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने प्रमुख चौधरीले बताउनुभयो।

यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']