दाङको गढवामा गौहत्या विरुद्ध प्रदर्शन, बजार परिक्रमा गरी कोणसभा सम्पन्न 

गणतन्त्रनेपाल समाचारदाता

गढवा, २५ असोज ।। दाङको गढवामा गौहत्या विरुद्ध प्रदर्शन, बजार परिक्रमा गरी कोणसभा कार्यक्रम सम्पन्न भएको छ।

हिन्दु धर्मको संरक्षण र गौहत्या बिरुद्धकाे मूख्य उद्देश्य सहित आज बिहीबार हिन्दु स्वयंसेवक संघ गढवा र विश्व हिन्दु परिषद दाङको संयुक्त आयोजनामा साे कार्यक्रम गढवा गाउँपालिका-६ मा रहेको कोटही मन्दिरमा सम्पन्न भएको हो।

केही दिन पहिले गढवामा गाइको बाच्छो काटेर खाएको घटनाको बिरोधमा हिन्दु धर्मप्रति आस्थावान स्वेच्छाकारी समुहले सनातन हिन्दु धर्मको रक्षाको लागि, गौहत्यामा संलग्नलाई कारवाहीको माग गर्दै गौहत्या विरुद्ध गढवा बजारमा विराेध प्रदर्शन र्याली सहित बजार परिक्रमा गरेका थिए।

कार्यक्रमलाई प्रमुख अतिथि किशोर चन्द्र गौतमले सम्बोधन गर्दै गौहत्या जस्तो घृणित कार्यको विरुद्धमा सबै हिन्दु धर्मालम्वीहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए। प्रमुख अतिथि गौतमले गौहत्या जस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग राख्दै, हिन्दु धर्मको संरक्षण र यसका पवित्र मान्यताहरूको प्रवर्द्धनमा सबैले योगदान दिनुपर्ने बताए।

कोणसभामा विश्व हिन्दु स्वयंसेवक संघ लुम्बिनी प्रदेशका सम्वाहक संघचालक किशोर चन्द्र गौतम, विश्व हिन्दु परिषद् दाङका अध्यक्ष डिल्लिराज रेग्मी, गढवाका गोबिन्द वली, र चेतनाथ पौडेलले मन्तव्य राखेका थिए।

विश्व हिन्दु स्वयंसेवक संघ गढवाका कार्यवाह संघचालक केशव राम यादवको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको क्रममा हिन्दु महासंघको संगठन विस्तार र गौहत्या विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन थप योजनाहरूको चर्चा साथै गढवा र राजपुर गाउँपालिकाको विश्व हिन्दु परिषद र गौरक्षा समिति गठन समेत भएको थियो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']