गढवामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम सुरु

आलोक भावुक

गढवा, १४ चैत्र । गढवा गाउँपालिका द्वारा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम आज बुधबार देखि गढवामा सुरु भएको छ।
आज शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ३ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा उपाध्यक्ष शारदा कुमारी चौधरी, वडासदस्यहरु आशाराम चौधरी, बिमल कुमार चौधरी, चन्द्रा केसी, प्रमिला नेपाली, शिवु चौधरी त्यसैगरी भिटा परियोजना सामुदायिक सहजकर्ता यमुना सुबेदी, फिल्फ सहायक बिष्णु बिसी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका पञ्जिकरण शाखा प्रमुख ऋषिराम यादवले गर्नु भएको थियो।

पञ्जिकरण शाखा प्रमुख ऋषिराम यादवले दिएको जानकारी अनुसार २०८० चैत्र १५ गते वडा नम्बर २ को वडाकार्यालय, १६ गते वडा नम्बर १ को वडाकार्यालय, १८ गते ४ नम्बर वडाकार्यालय, १९ गते वडा नम्बर ५ को वडाकार्यालय, २० गते वडा नम्बर ८ को वडाकार्यालय, २१ गते वडा नम्बर ६ को वडाकार्यालय, २२ गते वडा नम्बर ७ को वडाकार्यालयमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम हुने तय भएको छ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रममा व्यक्तिगत घटना दर्ता तर्फ जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद,गुनासो दर्ता, लागत अद्यावधिक गर्ने, लाभग्राहिको लागत स्थानान्तर, सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि लाभग्राहिको निवेदन दर्ता सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम हुनेछ भने सामाजिक सुरक्षा सेवा अन्तर्गत अन्य सुविधाहरु जस्तै नयाँ सेवाग्राही नामावली दर्ता, अनुसुचि फारम भर्ने, बैकमा खाता खोल्ने, ईएफटि प्रणाली बैक र एमआईएस प्रणालीलाई एकिन गरी सेवा प्रबाह गर्ने, त्रैमासिक रुपमा सेवाग्राहीहरुलाई भुक्तानी बारे जानकारी गराउनु, वडागत रुपमा सामाजिक सुरक्षा नविकरण तथा दर्ता सम्बन्धी जानकारी गराउने लगायतका विषयमा प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम हुनेछ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']