शिक्षामा गुणस्तर सुधारका लागि अभिभावकको चासो आवश्यक :अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, ६ फागुन। शिक्षामा गुणस्तर सुधारका लागि अभिभावकको चासो आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशालामा बोल्दै गढवा गाउँपालिका पोख्रेलले सो कुरा बताउनुभएको हो। सामुदायिक विध्यालयमा शैक्षिक गुणस्तर कसरी बिग्रेको भनेल अध्ययन गरेर सुधार गर्ने तर्फ आफुहरु लागिपरेको बताउदै सामुदायिक विध्यालयमा शिक्षक र नतिजाले अभिभावकको मन जित्ने गरी हुनु पर्ने बताउनुभयो । नतिजा सुधारका लागि शिक्षक अभिभावक बिव्यस, शिक्षक अभिभावक संघ लगाएतकाको सक्रियता नभए सम्म शिक्षामा गुणस्तर सुधार नहुने बताउनु भयो। रिजल्ट सुधार पहिलो प्रथामिक्तामा राखेर पठनपाठन गराउनुपर्ने बताउदै अध्यक्ष पोख्रेलले समग्र ब्यक्तित्व बिकाश र रिजल्ट सुधार आवश्यक रहेको बताउनुभयो। एक अर्काले दोषारोपण गरेर शिक्षामा गुणस्तर सुधार नहुने समेथ बताउनुभयो। विद्यालयहरुमा गुणस्तर भन्दा पहिलै पुर्वाधार तिर बढी आकर्षित भएको भन्दै पूर्वाधार संगै व्यवहारिक ज्ञानमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी एकदिने कार्याशालामा बोल्दै बिशिस्ट अतिथि तथा ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापाले सबैको साझा प्रयासबाट मात्र शैक्षिक गुणस्तर सुधार हुने बताउनु भयो । आफुहरु शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागी धेरै प्रयास गरेकाे बताउदै वडाध्यक्ष थापाले गढवा गाउँपालिकामा शिक्षामा सुधारका लागि धेरै नयाँ केही गर्नु नपर्ने जेछ छ त्यसलाई निति नियम अनुसार अघि बढे शिक्षामा सुधार हुने बताउनु भयो। शिक्षामा गुणस्तर सुधारका लागि पालिकाले निर्माण गरेको शिक्षा निति अनुसार अघि बढ्दै जेछ त्यसैमा बुधार गर्दै अपनत्व लिनु लिनुपर्ने बताउनुभयो।

माध्यमिक विद्यालय चैनपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्वारिका प्रसाद यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्याशालामा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार चौधरीले शिक्षामा गुणस्तर सुधारका लागि पालिकाले गरेको प्रयास उदाहरणीय भएको बताउनु भयो।

गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक चेतना विकास फाउण्डेशनका अध्यक्ष तथा शिक्षा बिज्ञ कमल शिलवाल रहनु भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सल्लाहकार समिति र विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियोे। कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारीले गर्नु भएको थियो ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']