गढवाको महदेवा र जेठानगाउँमा निशुल्क क्षयरोग खोजपड्ताल सम्बन्धी १दिने स्क्रिनिङ शिविर

१ सय ७६ जनाको खकार संकल

आलोक भावुक

गढवा, १३ माघ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग खोजपड्ताल सम्बन्धी १दिने स्क्रिनिङ कार्यक्रम (शिविर) महदेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र र जेठानगाउँ स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न भएको छ।

एकदिने निशुल्क शिविर बाट १ सय ७६ जनाको खकार संकल गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो। संकलित खकारको रिपोर्ट आउन लगभग एक साता लाग्ने शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो।

शिविरमा गढवा स्वास्थ्य चौकीका ल्याप टेक्नासियन अरविन श्रेष्ठ र गोबरडिहा स्वास्थ्य चौकीका माया चौधरी सहितको स्वास्थ्यकर्मी खटिनु भएको थियो।

गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन्। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकावासीलाई सरल, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।

अध्यक्ष पोख्रेलले गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणाधीन रहेको बताउदै निकट भविष्यमा गाउँपालिकाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य सहित काम गरिरहेको बताउनुभयो। साथै गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूमा थप स्वास्थ्य उपकरणहरू व्यवस्थापन गर्ने गरी योजना बनाएको बताउनुभयो।

खकारको रिपोर्ट अनुसार क्षयरोगको बिरामी भेटिए उपचार निशुल्क हुने अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

 

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']