होटल ब्यवसायीहरुलाई आवश्यक सहयोग पालिकाले गर्छ :पालिका अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, १२ माघ। होटल ब्यवसायीहरुलाई आवश्यक सहयोग गर्न गढवा गाउँपालिका तयार रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।

गढवा होटल ब्यवसायी संघको दोश्रो अधिवेशन तथा छैठौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो।देशै भरीको व्यापार व्यवसायमा ठुलो समस्या भएको बताउदै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा रहेको व्यापारी व्यवसायीहरुको हकहितको लागि आफु सदैव तयार रहेको बताउनुभयो।

गढवा होटल ब्यवसायी संघको दोश्रो अधिवेशन तथा छैठौं बार्षिक साधारण संघको अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा शुक्रबार गढवामा सम्पन्न भएको हो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']