लैंगिकमैत्री सेवा प्रवाह गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको माग

ओमप्रकाश गुप्ता

लैंगिकमैत्री सेवा प्रवाह गर्न भालुवाङ २८ मंसिर । लैंगिकमैत्री सेवा प्रवाह तथा संविधानमा लेखेका कुरा अक्षरस कार्यान्वयन गर्न तेस्रो तथा समलिङ्गीहरूले माग गरेका छन् ।

मानव स्वास्थ्य समाज दाङको सहयोगमा निलहिरा समाज काठमाडौंले बिहीबार दाङको भालुवाङमा आयोजना गरेको लैंगिक उत्तरदायी सेवा प्रदान गर्न लुम्बिनी प्रदेशका सरोकारवालाहरू सँगको संवाद कार्यक्रममा उनीहरूले माग गरेका हुन् । कार्यक्रममा सहभागी तेस्रो तथा समलिङ्गीले फरक क्षमता भएका कारण घर परिवार र समाज तथा साथीभाईहरूबाट भोग्न परेको पीडा सुनाउँदै राज्यबाट आफुहरूले घरपरिवारमा पुर्नस्थापना गर्ने वातावरण मिलाउन तथा लिंकका आधारमा हुने हिंसा रोक्न एथेष्ट कानुन ल्याउनु पर्ने, संविधानमा लेखिएका कुरा कार्यान्वयनमा ल्याउनु पर्ने, अब बन्ने भौतिक संरचना लैंगिकमैत्री बन्नु पर्ने माग समेत गरेका छन् ।

मानव स्वास्थ्य समाज दाङकी अध्यक्ष मुस्कान डिसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य लोकाकुमारी विश्वकर्माको प्रमुख आतिथ्यता तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्धन पन्थीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विश्वकर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा आफु पहिलो पटक लुम्बिनी प्रदेशको सांसद बनेर आउँदा ठक्कै यो विषयमा कानुन बनेको भन्ने कुरा आफुले थाहा नपाएको बताएकी छिन् । पिछिडिएको वर्गहरुलाई राज्यले जसरी समेटेको छ त्यसै गरि उनीहरुका लागि ठोस विषयमा कानुन बनाएर लैजाँदा घरपरिवार माझ पुर्नस्थापना गर्न सहज हुने उनले बताएकी छिन् ।

त्यस्तै कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बेल्वासेले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार तथा सशक्तिकरणको सवालमा लुम्बिनी प्रदेश सरकारले छुट्टै कानुन नबनाए पनि नेपालको संविधानले जुन व्यवस्था गरेको छ त्यहि व्यवस्थालाई टेकेर मानध अधिकारको हिसावले उहाँहरुलाई सम्बोधन गर्ने प्रयास गरेको बताएकी छिन् । त्यस्तै उनले लुम्बिनी प्रदेश सरकारको वार्षिक रुपमा आउने नीति तथा कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तिकरण तथा संरक्षण गर्ने सवालहरुलाई सम्बोधन गरिएको र केहि बजेट समेत विनियोजन गरिएको बताएकी छिन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी नर्सिङ अधिकृत सुनिता ज्ञवालीले स्वास्थ्य मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि धेरै काम नगरे पनि वार्षिक कार्यक्रम तर्जुमा गर्दा उहाँहरुको हितका विषयमा कार्यक्रम तर्जुमा गर्ने गरेको लुम्बिनी प्रदेशका १३ वटा अस्पताल मध्ये २ वटा प्रादेशिक अस्पताल र साविकका ११ वटा जिल्ला अस्पतालहरुबाट हिंसामा परेका यौनिक तथा लैंगिक अल्पसंख्यक लगायत सवैलाई एकद्धार संकट व्यवस्थापन प्रणाली मार्फत सेवा प्रवाह हुने गरेको बताएकी छिन् । भने सेवा प्रवाहमा पनि सुधार ल्याउने प्रयास गरिएको बताएकी छिन् ।

कार्यक्रममा कार्यक्रम संयोजक परशुराम चौधरीले आफ्नो भोगाई तथा हालको अवस्था तथा सुधार गर्नुपर्ने पक्ष तथा सेवाप्रवाह लगायतका विषयमा जानकारी गराएका थिए । समाजकी उपाध्यक्ष मनिषा पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मानव स्वास्थ्य समाज दाङका जिल्ला परियोजना संयोजक जुनु चौधरीले गरेका थिए ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']