
कार्तिक,९ काठमाडौँ । नेकपा एमालेले कात्तिक १४ गतेलाई तय गरेको चियापान कार्यक्रम एक दिन पछि अर्थात कात्तिक १५ गतेलाई सारेको छ ।
एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ ।
यो वर्ष कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिका त्यसैबेला परेकाले एक दिनपछि कात्तिक १५ गतेलाई सारिएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



