गढवामा एकै खोरमा बांधिएका ६ भेडा मृत अस्थामा फेला

पालिका अध्यक्ष पोख्रेलद्धारा सहयोग गर्ने प्रतिबद्धता

आलोक भावुक

गढवा, १४ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरमा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला परेका छन्।
छुकु चौधरीले दशैका लागि पालेर राखेका ९ भेडा मध्ये ६ भेडा मृत देखेपछी आश्चर्यचकित परेका छन्। सनिवार राती १२ बजे सम्म सबै ठिकठाक थिए आइतबार बिहान करिब ३ बजे हेर्दा ४ भेडा र २ भेडी गरी ६ वटा मरिसकेका थिए भने एक अचेत अवस्थामै छट्पटाई रहेको देखे। त्यै खोरमा बाँधिएका अन्य २ भेडा भने सामान्य अवस्थामा रहेको तर कान र छातीमा कुनै जनावरले टोकेको जस्तो देखिन्छ पिडित चौधरीले भन्नु भयो ।


खबर पाए पछी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली, गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत खेम चौधरी र पशु शाखाका कर्मचारी पुखेर घटनाको बारेमा बुझ्दा, चेकजाँच गर्दा, घटनाको प्रकृति हेर्दा कुनै वन्यजन्तुले आक्रमण गरी खाएको हुन सक्ने अनुमान गरिएको छ। मृत ज्युँदा सबै भेडाको घाँटी र छातीमा खाएको देखिन्छ।
खोरमा एउटा सानो पाठी र माउ भने जीवित रहेको छुकु चौधरीले जानकारी दिनुभयो। खोरमा भएकामध्ये एउटा बाख्राको छातीको भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको छ।

rpt

अध्यक्ष यम नारायण शर्मा पाेख्रलको उपस्थितिमा इलाका प्रहरी कार्यालय गढवाले मुचुल्कामा उठाएको छ। पालिकामा घटेको घटनाले आफु दुखित भएको बताउदै पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाबाट हुन सक्ने हरसम्भव मद्दत गर्ने आश्वासन दिनु भयो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']