
गढवा, २५ श्रावण । दाङको गढवा गाउँपालिका वडा नम्बर – ६ गढवाको बुध्द ज्योति रोडमा एक पुरुषको बेबारिसे सव आज बुधबार फेला परेको छ।
मोहम्मद सगिर गुजरको घरको पछिल्लो साईडमा खुल्ला रहेको ठाउँमा सुतेको ठाउँमा कोही अञ्जान व्यक्ति मृत भएको थाहा पाए पछी स्थानीयहरुले प्रहरी लाई खबर गरेका हुन्।
इलाका प्रहरी कार्यालय गढवा प्रमुख सहितको टोलीले सब भएको ठाउँमा पुगी सव लाई आफ्नो नियन्त्रणमा लिई सबको पहिचानको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओलीले जानकारी दिनु भयो।
अन्दाजी ४५ बर्षको देखिने ति पुरुषको नाम भिम बहादुर खत्री रहेको र घर दाङको अघरा रहेको स्थानीयहरुले बताए तर एकिन भने अझै सम्म हुन सकेको छैन।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



