बढ्दो कोरोनालाई मध्यनजर गर्दै गढवाको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना

आलोक भावुक

गढवा, ४ बैशाख । नेपाल भारत मुख्य सीमा नाका अन्तर्गत दाङको कोईलाबासमा आइतबार देखि हेल्थ डेस्क स्थापना गरिएको छ ।

हेल्थ डेस्कबाट नेपाल भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य जाँच गर्ने र सचेतना फैलाउने काम हुने गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनु भयो। भारतमा संक्रमण फैलिइरहेकाले भारतबाट जिल्ला प्रवेश गर्ने सबैको चेकजाँच गरिने र समस्या देखिए अवस्था हेरेर अस्पताल, क्वारेण्टाइन वा आइसोलेसनमा पठाइने उहाँले जानकारी दिनुभयो ।

छिमेकी देश भारतमा संक्रमितहरु बढ्दै गएको र नेपालमा पनि संक्रमित बढ्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दाङको सहकार्यमा कोइलाबास बोर्डरमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

भारतको खुला सीमा नाकाका र भारतको तुल्सीपुरमा लागेको पाटनदेवी मेलाका कारण मानिसहरुको आवतजावत बढेका कारण चेकजाँच कडाई गरेको बताईएको छ।

हेल्थ डेस्क स्थापना कार्यक्रममा बोल्दै गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीले छिमेकी देशमा कोरोना भाइरसको भेरियन्ट बढिरहेकोले कोइलाबास बर्डर क्षेत्रमा हेल्थ डेस्क स्थापना बाट जिल्ला प्रवेश गर्नेहरुको चेकजाँच गरी कोरोना फैलिन नदिन पालिका बिशेष रुपमा लागि परेको बताउनुभयो। भारतका विध्यार्थी र देवी पाटन मेवा चलिरलेको ले यात्रु तथा तिर्थालु भक्तजनको घुइँचो नै लाग्ने गरेकाले हेल्थ डेस्क स्थापना गरेको बताउनु भयो ।

हेल्थ डेस्क स्थापना कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रशासन अधिकृत बामदेव शर्मा, स्वास्थ्य कार्यालय दाङका लेखा केशव पौडेल, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, कोइलाबास स्वास्थ्य चौकीकाका प्रमुख, इलाका प्रहरी कार्यालय कोइलाबासका कुमार केसी, नेपाल शसस्त्र प्रहरी बलका प्रतिनिधि, स्वास्थ्य संघ सस्थाका कर्मचारी, शान्ति पुनरस्थापना गृह कोइलाबासका कर्मचारी, पत्रकार हरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']