
देउखुरी, ५ माघ। दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ८ का ६८ वर्षीय कृष्ण बहादुर बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ।
लमही भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका ८ पिपरीचोकमा पश्चिमबाट पुर्व तर्फ गइरहेको रा १ क २०९ नम्बरको राप्ती ग्यास बोकेको मिनी ट्रकले बिहीबार मध्याह्न साढे १२ बजेको समयमा महरालाई ठक्कर दिएको थियो।
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको र उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी प्रमुख जीवन केसीले जानकारी दिनु भयो।
ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय भालुवाङ पठाइएको प्रहरी प्रमुख केसीले जानकारी दिनु भयो।




