लुम्बिनी प्रदेश सरकारको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाण निर्विरोध चयन

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ माघ । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ।

त्यसैगरी उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी चयन हुनुभएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकमा सभामुखमा घर्ती र उपसभामुखको लागि खाणको प्रस्ताव मात्र पेश भएको थियो।

यसअघि सचिवालयमा पनि सभामुखको लागि घर्तीको मात्र उम्मेदवारी दर्ता भएको थियो। प्रदेश सभा बैठकमा एमाले सांसद भूमिश्वर ढकालले प्रस्ताव पेश गर्दै संसदीय गतिविधिमा अनुभवी व्यक्तिलाई सभामुखको लागि प्रस्ताव गरेको बताउनु भयो।

‘विगत ५ वर्षमा प्रदेश सभा भित्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका, राजनीतिक जिवनमा खारिनुभएका प्रदेशसभालाई नजिकबाट बुझिसक्नुभएका प्रखर व्यक्तिलाई प्रस्ताव गर्न पाउँदा खुशी भएको छु’ उहाँले बैठकमा भन्नु भयो। प्रस्तावप्रति राप्रपा सांसद आशिषकुमार चौधरीले समर्थन जनाउनु भएको हो।

सभामुखमा निर्विरोध निर्वाचित भएका तुलाराम पाल्पा क्षेत्र नम्बर २ ख का सांसद हुन्। अघिल्लो कार्याकालमा पनि उहां सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। त्यसबेला माओवादी केन्द्रको प्रमुख सचेतक रहनु भएको थियो।

उपसभामुखमा ३ जनाको उम्मेदवारी दर्ता भए पनि प्रदेश सभा बैठकमा राप्रपाकी मेनुका खाणको मात्र प्रस्ताव टेबुल भएको थियो।

कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारुको पनि उम्मेदवारी दर्ता भएपनि पछि फिर्ता लिइएको थियो।

उपसभामुखमा पनि एक मात्र प्रस्ताव बैठकमा पेश भएपछि खाणलाई पनि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले निर्विरोध निर्वाचित भएको घोषणा गरे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID