रहेनन् बामपंथी नेता शान्तराज शर्माको निधन

देउखुरी, ३ माघ । बामपंथी नेता शान्तराज शर्मा पन्थीको मंगलवार बिहान निधन भएको छ।

राप्ती गाउँपालिका- ५ प्रगतिनगर सिसहनियाँ निवासी शर्माको मंगलवार बिहान ७:३० बजे आफ्नै घरमा ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।शर्मा लामो समय देखि मुखको क्यान्सर र दमबाट ग्रसित हुनुहुन्थ्यो।

शर्माको काठमाडौं स्थित नर्भिक अस्पताल र चितवन क्यान्सर अस्पतालमा उपचार पछि आफ्नै घरमा अराम गरिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शर्मा नेकपा माओवादी केन्द्र निकट जेष्ठ कम्युनिस्ट मञ्च लुम्बिनी प्रदेश कमिटी सदस्य, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष, प्रगतिनगर बजार व्यवस्थापन समिति सिसहनियाँका संस्थापक अध्यक्ष, भालुवाङ नगरविकास समितिको अध्यक्ष, राप्ती गाउँपालिका चेमवर अफ कमर्सका सल्लाहकार हुनुहुन्थ्यो । मृतक शर्माका २ छोरा र २ छोरी छन् ।

शर्माको राप्ती नदी घाटमा दाहसंस्कार

बामपंथी नेता शान्तराज शर्माको मंगलबार राप्ती नदीघाटमा दाहसंस्कार गरिएको छ ।

मृतक शर्मालाई जेष्ठ सुपुत्र प्रकाश पन्थी र कान्छा सुपुत्र ले दागबत्ती दिएका दिएका छन् । भने नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य हेमराज शर्मा डाइमन, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीका सचिव कृष्ण अधिकारी (प्रकाश), केन्द्रीय पोलिटव्युरो सदस्य इन्द्रजित थारू, प्रदेश उपाध्यक्ष नुमाकान्त न्याैपाने (सागर), जिल्ला सचिव विश्वराज आचार्यले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनु भएको थियो।

यसै बीच सिसहनियाँ उद्योग वाणिज्य संघले संस्थाका संस्थापक सल्लाहकार शान्तराज शर्माको दुखद निधन प्रति १ दिन बजार बन्द गरिएको छ । शर्माको दुखद निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बजार बन्द गरेर शोक मनाएको संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी जानकारी दिनुभयो

त्यस्तै प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष शर्माको दुखद निधन प्रति संस्थाले श्रद्धाञ्जली व्यक्त गरेको छ । शर्माको निधन भएकोले १ दिन संस्थाको कार्यालय बन्द गरेर शोक मनाएको संस्थाका भरत पाण्डेले जानकारी दिनु भयो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *