गढवामा आगलागी, लगभग २० हजार बराबरको क्षति

गढवा, ३ माघ। गढवामा आगलागी हुदा लगभग २० हजार बराबरको क्षति भएको छ। गढवा गाउँपालिका वडा नम्बर नम्बर – ६ थानदेउखरीका सेवक यादवले ठगराज लोहनीको खाली जग्गामा थुपारेर राखेको परालमा आगलागी भएको हो।

स्थानीय अन्दाजी १४-१५ बर्षिय भोला परियारले आफ्नो घरको अगाडि प्लास्टिक बालेर खेलीरहेको अवस्थामा रहेको अञ्जानमा आगलागी भएको बताएका छन् भने उता सेवक यादवले जानाजानी आगजनी गरेको आरोप लगाएका छन्।

बुवा आमा कामको शिलशिलामा गोर्खा गएको र ति युवक घरमा एक्लै बस्ने गरेको स्थानीयहरुले जानकारी दिएका छन्।

आगलागीको खबर पाउने बित्तिकै गढवा गाउँपालिकाको दमकल र इलाका प्रहरी कार्यालय गढवा र स्थानीय हरुको सक्रियतामा आगोलाई नियन्त्रण लिने कार्य भैरहेको इलाका प्रहरी कार्यालय गढवाले बताएको छ। आगो लगाउने युवक लाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गढवाले बताएको छ

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *