
दाङ, २ माघ।
दाङमा आज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ ।
घाेराहीको सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे ।
गम्भीर घाइते अस्पतालमा पुराएकाेमा घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गाैतमले जानकारी दिनुभएको छ।
मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




