देउखुरी, २८ पौष । लुम्बिनी प्रदेशमा भोलि मुख्यमन्त्री लगायत अन्य मन्त्रीकाे पद तथा गोपनीयताको सपथ सगैँ सानो आकारमा मन्त्रिमण्डल गठनको तयारीमा दलहरु जुटेका छन । तर माओवादीकाे बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेका छन यी २ मन्त्रालयकाे टुङ्गो नलाग्दा सम्म माओवादले पद तथा गोपनीयताको सपथ नलिने घाेषणा गरेकाे छ ।
प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखेको छ । भोलि नै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारीमा दलहरु जुटेका छन । एमाले, माओवादीकाे सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेकाे नव नियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । बाँकी दलहरुकाे लागी भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरिले बताउनु भयो ।
बुधबार हुने सपथ ग्रहणमा एमालेका दलनेता नवनियुक्त मुख्यमन्त्री लिला गिरी सहित उपनेता चेतनारायण आचार्य र माओवादिबाट दलनेता जाेखबहादुर महरा र ईन्द्रजीत थारु लगायत अन्य दलबाट १ जनाले सपथ लिने तयारी भएकाे माओवादीकाे स्राेतले बताएकाे छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए । दाबी अनुसारकाे पहिलाे नेतृत्व नपाए पछि महरा लुम्बिनी सरकारलाई समर्थ नगर्ने जनाए पछि केपी वलि र प्रचण्ड बिच बिशेष सहमति भएकाे छ । सहमति अनुसार पहिलाे नेतृत्व अढाई बर्ष एमाले र दाेस्राे नेतृत्व अढाई बर्ष माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमती भएको महराले बताउनुभयो।
मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निर्णयलाई समर्थ जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलाे नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनु पर्ने दावी गरेका छन । अर्थ मन्त्रालयमा जाेख बहादुर महरा र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयमा ईन्द्रजीत थारु र बाँकि एक मन्त्रालयमा कृष्णा के.सीले लिने दाबि गरेका छन । यी २ मन्त्रालय र अन्य १ गरी तिन मन्त्रालय टुङ्गो नलाग्दा सम्म माओवादीले सपथ ग्रहण नगर्ने माओवादीकाे स्राेतले बतायाे ।।