लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ लिँदै

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ पौष । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नु हुने भएको छ। बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका देउखुरी मा दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधवार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र स्वतन्त्र सहित ५८ सांसदको समर्थन छ ।

सपथ ग्रहण पछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले र माओवादी केन्द्रबिच समझदारी भएको छ । अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) बाहेकका दलहरुको समर्थन गिरीले पाउनु भएको छ।

मा प्रकाशित