गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई निशुल्क साइकल वितरण

आलोक भावुक

गढवा, २६ पौष । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार निशुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो ।

गढवा गाउँपालिका वडा – ५का वडाध्यक्ष लेखराज थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा निशुल्क साइकल वितरण कार्यक्रममा सम्पन्न भएको हो।

निशुल्क साइकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले क्रियटिङ पोसिबिलिटिज नेपालले गरेको कामहरु सरहनिय भएको बताउनुभयो। सिपी नेपालको कार्य गर्ने शैली तरिका एकदम फरक र तेज गतिमा भएको भन्दै तारिफ गर्नु भयो। बिपद् लगायतको काम सब भन्दा पहिले पालिका संग समन्वय गरेर नागरिको दुख सुखमा हातोमालो गरिरहेको बताउदै साइकल वितरण कार्यपनि उत्तिकै सरहनिय काम भएको बताउनुभयो। साइकल बाट विध्यालय बाट घर आवतजावत गर्न सहज हुने र पढाईमा थप सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापाले २०६४ साल देखी आज सम्म समाजमा सहयोग गर्दै आउनु र स्थापित हुनु चानचुने कुरा नभएको बताउनुभयो। सिपिले सुरुको समयमा काम गर्दा ठुलो चुनौती रहे पनि अहिले सफल भएको बताउनुभयो । सिपिले शिक्षा स्वास्थ्य क्षेत्रमा गरेको कामको जति तारिफ गरेपनि कम हुने बताउदै सिपि नेपालले गरेको काममा फीनिसिङ सुन्दर रहेको बताउदै आफु अत्यन्त प्रभावित भएको बताउनुभयो। वडा बाट हुने सम्पूर्ण सहयोग गर्ने आश्वासन समेत वडाध्यक्ष थापाले दिनु भयो ।

२०६५ सालमा साविकको गंगाप्रसपुर गाबिसबाट २० जनाबाट सुरुवात भएको संस्था हाल पाँचसय भन्दा बढीको संख्यामा संस्थामा आबद्ध भएको बताएको बिध्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिनु भयो। संस्थाले शिक्षा, स्वास्थ्य र महिला शसक्त्तिकरण को पक्षमा निरन्तर काम गरिरहेको संयोजक चौधरीले बताउनुभयो। २०१२ सखल देखि नै बाल बिवाह र बाल मजदुर न्युनिकरणका लागि साइकल वितरण कार्य शुभारम्भ गरिएको संयोजक चौधरीले जानकारी दिनु भयो। कक्षा सात देखी माथीका विध्यार्थीहरुको पढाई लाई मध्यनजर गर्दै साइकल वितरणकार्यको सुरुवात गरिएको स्क्रिनिङ पोसिबिलिटिज नेपालले जनाएको छ ।

संस्थाले हाल सम्म १२३१ थान साइकल वितरण गरिसकेको जनाएको छ। भोली जसमध्ये १६८ वोटा उद्धमी महिला र १ हजार ६३ वोटा साइकल विध्यार्थीहरु लाई वितरण गरिएको बताएको छ ।

गरिब, अतिबिपन्न, जेहेन्दार र विद्यालय देखि घर सम्मको दुरी टाढा रहेका बिद्यार्थि र आमा समुहमा रहेका उद्यमी महिलाहरुलाई व्यवसायिक प्रोत्साहनका लागि निशुल्क साइकल वितरण गरिएको सिपी नेपालका विध्यार्थी संयोजक हेमराज शर्माले बताउनुभयो।

नयाँ साइकल पाएपछि खुसीले गदगद भएको विध्यार्थी मुगा बुढा मगर बताउनुभयो। घरबाट पैदल हिडेर विद्यालय आउँदा र जाँदा निकै दुख पाएको सुनाउदै साइकल नहुँदा समयमा विद्यालय पुग्न नसक्ने र घर पुग्न समेत अबेर हुने गरेको बिध्यार्थी मगरले बताउनुभयो।

मुगा बुढा मगर जस्तै अन्य थुप्रै विद्यार्थीहरुले साइकल नभएकै कारण स्कुल जान नमान्ने तथा समयमा विद्यालय पुग्न नसक्ने समस्या रहेको थियो । सिपी नेपालले विद्यार्थीहरूलाई पढाइ प्रति थप आकर्षित गर्न साइकल वितरण गर्ने गरेको बिध्यार्थी संयोजक हेमराज शर्माले बताउनुभयो।

२०६४ सालमा दाङको गढवा गाउँपालिकामा सिपी नेपालले शाखा स्थापना गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निमार्ण गर्ने देखि लिएर महिला शसक्तिकरणका लागि पनि काम गर्दै आइरहेको सिपी नेपालका विद्यार्थी संयोजक शर्माले जानकारी दिनु भयो ।२० जना पुर्व कम्लहरीबाट काम सुरुवात गरेको सिपी नेपालले ५६ ओटा आमा समुह गठन गरि १ हजार बढी सदस्य विस्तार गरेको छ । भने हाल ३ वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ८ सय भन्दा बढी साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक शर्माले बताउनु भयो ।

सिपि नेपालको विध्यार्थी संयोजक दिपा चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला संयोजक सरिता चौधरीले गर्नु भएको थियो ।

मा प्रकाशित