इतिहासको गौरवशाली दिनको सम्मानमा अघि बढ्दा पछि फर्केको हुँदैन : लिङ्देन

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

गणतन्त्रनेपाल समाचारदाता, २६ पुस, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई धन्यवाद दिएका हुन् । ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने ।

अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उनलाई सम्मान गर्न हिनताबोध गर्नु नपर्ने बताए । ‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भनेका छन्, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवश कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारका मात्र दिवस होइन, हामी सबैको हो ।’

पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको छ । अध्यक्ष लिङ्देनले उक्त कार्यक्रममा सबै सांसदलाई निम्तो गरे । ‘सबै माननीय सदस्यहरुलाई भोलि भृकुटीमण्डपमा चियापान समारोहमा चुले निम्तो गर्दछु’ उनले आफ्नो मन्तव्यको अन्तिममा भनेका छन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID