लुम्बिनी प्रदेशमा एमालेको सरकार, सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगो लग्यो !

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २४ पौष

सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ ।

दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।

आजै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID