
गढवा, २४ पौष । व्यवसायीहरुको कर व्यवसायीहरुकै हितमा प्रयोग गरिने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ ।
गढवा होटल व्यवसायी संघको पाँचौं बार्षिकोत्सव तथा साधारणसभा लाई शनिवार सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। कार्यक्रममा प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलले व्यवसायीहरुले इमान्दारिता साथ स्थानीय सरकारलाई कर बुझाउन आग्रह गर्दै व्यवसायीहरुले बुझाएको करको केही प्रतिशत रकम व्यवसायिक सुरक्षामा प्रयोग गर्ने गाउँपालिकाको आगामी कार्ययोजना रहेको बताउनुभयो ।
देशमा उत्पन्न आर्थीक संकटका कारण व्यवसायीहरुमा समस्या परिरहेको कुरा स्थानीय सरकारले बुझेको र यसको समाधान गर्न सरोकारवालाहरु समेतको उपस्थितिमा योजना बनाएर कार्यान्वयन गर्न पहल गरिने आश्वासन दिनु भयो । प्रदेश राजधानी कार्यान्वयन हुदै गरेको अवस्थामा यस क्षेत्रका होटल व्यवसायीहरुले गुणस्तरीय सेवा संचालन गर्न जरुरी रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो।
गढवा होटल व्यवसायी संघको पाँचौं बार्षिकोत्सव तथा साधारणसभा लाई शनिवार गढवा १ को कुलपानी पार्कमा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमका बिशिष्ट अतिथी गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष ओमप्रकाश बस्यालले व्यवसायीहरु आर्थिक संकटमा परि पलायनताको स्थितिमा रहेकोले स्थानीय सरकारको ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा होटल ब्यवसायि महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष दिपेन्द्र पुन, सहसचिव तथा भालुवाङ होटल ब्यवसायि संघका अध्यक्ष महेश बेल्वासे, देउखुरी होटल व्यवसायी संघ लमहीका निवर्तमान अध्यक्ष हेमन्त पाण्डे, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, दलित शसक्तिकरणका चन्द्रबहादुर नेपाली, राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओली, सुचना संचार अधिकृत शरद रेग्मी लगायतले बार्षिकोत्सव कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका सचिव तिलक पुनले संस्थागत प्रतिवेदन तथा आगामी कार्ययोजना र कोषाध्यक्ष दुखराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
बार्षिकोत्सव तथा साधारणसभाको पुर्वसन्ध्यामा शनिवार बिहान पञ्चेबाजा सहितको झाँकीले गढवा बजारमा प्रदर्शन गरिएको संघका अध्यक्ष दयारामक थापाले जानकारी दिनुभयो । संघका सदस्य टोपलाल सुवेदी सागरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव तिलक पुनले गरेका गर्नु भएको थियो ।
कार्यक्रममा होटल व्यवसायी संघलाई बिभिन्न समयमा बिभिन्न कोणबाट सहयोग गर्दे आएका प्राइम इण्टरनेशनल प्राली, यती तथा गोर्खा बु्रअरी प्राली, जिजिआई डिष्ट्रिब्यूटर्स प्राली, कोष्टा टे«डिङ, नेचुरल स्पिरिट्स, खनाल लिकर्स, प्रशान्त मदिरा सप्लायर्स, पंकज मदिरा सप्लायर्स, थापा इण्टरप्राइजेज, संगिता सप्लायर्स,चौधरी टेडर्स र लक्ष्मि चाउमिन उद्योग गरि १४ वटा व्यवसायीहरुलाई सम्मान गरिएको थियो।





