धनगढी उपमहानगरभित्रै युवतीसँग कर्मचारीको ‘रसलिला’ !

हाकिमले मागे स्पष्टिकरण

गणतन्त्रनेपाल समाचारदाता

धनगढी, २२ पौष । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिका कार्यालय भित्र एक जना कर्मचारीले कार्यकक्षमै अश्लिल हर्कत गरेको खबर बाहिरिएको छ ।

उपमहानगरपालिकाको कृषि शाखामा कार्यरत भट्ट थरका कर्मचारीले अश्लिल हर्कत गरेको खबरले धनगढीमा हलचल मच्चिएको छ । ती कर्मचारीले कार्यकक्षको ढोका भित्रबाट बन्द गरेको भेटिएपछि सोधीखोजी गर्दा युवतीसहित उनी अश्लिल हर्कत गरिरहेको अवस्थामा भेटिएको उपमहानगरपालिका स्रोतले बतायो ।

उनीसँग बन्द कोठामा भेटिएकी युवतीको पहिचान भने गोप्य राखिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले घटना केही दिन पहिलेको भएको बताए ।

श्रेष्ठले सम्बन्धीत कर्मचारीलाई स्पष्टिकरण सोधिएको बताउदै जवाफ समेत पेश गरिसकेको पुष्टि गरे । ती कर्मचारीले बुझाएको जवाफमाथि अध्ययन भइरहेको उनको भनाई छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID