लुम्बिनीमा माओवादी केन्द्रको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १७ पौष

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा माओवादी केन्द्रका नेता जोखबहादुर महरा चयन हुनुभएको छ।

पार्टीका स्थायी समितिका सदस्य एवं रोल्पा (क) बाट प्रदेशसभा सदस्य जोखबहादुर महरा दलको नेतामा निर्वाचित हुनुभएको हो ।

आजै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई दलको नेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका ९ जना प्रदेशसभा सदस्यहरुले सर्वसमतरुपमा निर्वाचित गर्नुभएको हो ।

बैठकमा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोहबरमा सर्वसहमतिमा संसदीय दलको नेताको टुङ्गो लागेको हो । महरा संसदीय दलको नेतामा निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिनुभएको थियो । उहाँले भन्नुभयो, “सरकार र दलको नेतृत्व गर्नुहोला । सफल कार्यकालको शुभकाना छ ।”

शपथग्रगहणपछि लुम्बिनी प्रदेशसभा परिसरमा तस्वीर खिचाउँदै (बीचमा ढाका टोपी) संसदीय दलका नेता जोखबहादुर महरा ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID