रेखा भन्नु हुन्छ – बच्चाबच्ची र फिल्म सँगसँगै आउन सक्छन्

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १५ पौष

अभिनेत्री रेखा थापा राजनीतिसँगै फिल्ममा पनि सक्रिय हुने तयारीमा भएको बताउनुभयो छ। आगामी फागुन र वैशाखमा उहाँका दुई फिल्म छायांकनको तयारीमा छन् ।

‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू आमा बन्ने बताउनु भयो । आगामी असोजमा फिल्म रिलिज हुने उहाँको भनाइ छ ।

सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्ने उहाँको भनाई छ। । ‘हामी फिल्मको तयारीमा पनि छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवानले चाहे हुन सक्छ । यसरी बुझ्नुस न, भाञ्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्,’ रेखाले भन्नु भयो ।

चुनावमा पार्टी उम्मेदवार बनेकाले उहां राजनीतिको चटारोमा व्यस्त हुनुहुन्थ्यो । अहिले भने केही फुर्सदिलो भएकाले रेखाको ध्यान फिल्म निर्माणतर्फ सोझिएको छ । रेखा पछिल्लोपटक आर्यन सिग्देलसँग ‘रुद्रप्रिया’मा देखिएको हो ।

कपिल रिजालले निर्देशन गरेको फिल्म ह्यारीकी प्यारीमा रेखाले केमियो भूमिका निर्वाह गर्नु भएको छ । बिहीबार सार्वजनिक भएको फिल्मको गीत ‘धरहरा’मा उहाँले अभिनय गर्नु भएको छ।

मा प्रकाशित