एनआइसी बैंकको बिरूधमा गढवाको बजार बन्द, बैंकमा तालाबन्दी 

आलोक भावुक

गढवा, १४ पौष

बैंकले मनपरी ढंगले सामान लिलामी गरेको भन्दै एनआइसी बैंक गढवामा व्यवसायीहरुद्वारा बजार बन्द गर्नु का साथै एन आई सी एसिया बैंकमा तालाबन्दी गरिएको छ।

बैंकले मनपरी ढंगले कुनै पनि निकायसँग सहकार्य नगरेर मनपरी ढंगले वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले जानकारी दिनुभयो । यो बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी हो, सहमति सहकार्य नगरे अझ सशक्त रुपमा अघि बढ्ने अध्यक्ष मगरले बताउनुभयो।

गढवा गाउँपालिका वडा नम्बर – ६ थानदेउखरीका रामदाश यादव (आरडी यादव) एनआइसी बैंक राजपुर शाखाबाट तीन कराेड कर्जा लिएका लिनु भएको थियो । बैंकले जग्गा र व्यवसाय लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गरेका छन् ।

दाङ उद्योग वाणिज्य संघकाे अगुवाइमा जिल्लाभरका उद्योग वाणिज्य संघकाे सहभागितामा तालाबन्दी गरिएको दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो।

महाशक्ति इन्टरप्राइजेचकाे नाममा कर्जा रहेको तर पटक पटक जानकारी गराउद समेत कर्जा नबुझाउदा लिलामी प्रक्रियामा गएको बैंकको भनाई छ। भने त्याे कर्जा उठाउन बैंकले व्यवसायी समन्वय नै नगरि मनपरी ढंगले सटरको ताला खोली सामान बेचेर व्यवसायीहरु लाई तर्साउने र मानसिक यातना दिएकाे आराेप उध्धोग बाणिज्य संघको रहेको छ।

‘तीन कराेड ३२ लाखकाे मूल्यांकन देखिन्छ। तर तीन कराेड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ। जग्गा धिताेबाट मूल्यांकन पुग्ने देखिँदा देखिँदै पसल र गाेतममा बैंकले शिल गर्‍याे’, भुसालले भन्नु भयो, ‘लिलाम गर्दा सामानकाे स्थानीय मुल्यांकन गरिएन, हचुवाकाे भरमा सामान बिक्री गर्न थालियाे।’यसमा हाम्रो आपत्ति रहेको छ ब्यापारीहरुको भनाई छ।

सुरुमा एक कराेड लगानी गरेकाे व्यवसायीलाई पछि थप दुई कराेड कर्जा लगानी गरिएको थियाे। कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेकाे उध्धोग बाणिज्य संघ र स्थानीय व्यापारीहरुको आरोप छ। लिलाम भएको सामान लाेड गर्ने बेलामा गढवा उद्योग बाणिज्य संघ र स्थानीय व्यवसायीले राेकेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID