बेरुजु रकम फछ्यौट गर्नका लागि गढवा गाउँपालिकाको लेखा समितिको बैठक

आलोक भावुक

गढवा, १२ पुस

बेरुजु रकम फछ्यौट गर्नका लागि गढवा गाउँपालिकाको लेखा समितिको बैठक मंगलवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

गढवा गाउँपालिकाको लेखा समितिका संयोजक आशाराम चौधरीको संयोजकत्वमा बसेको बैठकले गढवा गाउँपालिकाको नाममा देखिएको बेरुजु रकम फछ्यौट गर्नका महत्वपूर्ण निर्णय गरेको लेखा समितिका सदस्य सचिव सम्भुराज आचार्यले जानकारी दिनुभयो।

सम्पन्न बैठकले महालेखा परीक्षकको कार्यालयको प्रतिबेदनमा औल्याइएका बेरुजुको हकमा सम्बन्धित कर्मचारी, पदाधिकारी, विषयगत शाखा र अन्य संस्थाहरुलाई पत्राचार गर्ने तथा असुल दाखिलाको प्रमाण पेश भएमा वा असुल गर्न नपर्ने कारण र प्रमाण पेश भएमा सम्परिक्षणार्थ महालेखा परिक्षक समक्ष पेश गर्ने निर्णय गरेको सदस्य सचिव आचार्यले जानकारी दिनुभयो।

गढवा पालिकाको बेरुजु शुन्य गर्ने लक्ष्यको साथ काम गरिरहेको बताइएको छ। दिनानु दिन बेरुजु बढ्नु सकारात्मक पाटो नभएको बताउदै प्रतिबेदनमा उल्लेख गरिए अनुसारको बेरुजु रकम जसरी पनि असुल गर्ने लेखा समितिले जनाएको छ। पहिलो चरणमा महालेखा परीक्षकको कार्यालयको प्रतिबेदनमा औल्याइएका बेरुजुको हकमा सम्बन्धित कर्मचारी, पदाधिकारी, विषयगत शाखा र अन्य संस्थाहरुलाई पत्राचार गर्छौ र असुल दाखिलाको प्रमाण पेश भएमा वा असुल गर्न नपर्ने कारण सहित प्रमाण पेश गरेमा सम्परिक्षणार्थ महालेखा परिक्षक समक्ष पेश गर्नेछौ तर बेरुजु रकम फछ्यौट गर्नका लागि आफुहरु निरन्तर लागिरहने लेखा समितिका संयोजक आशाराम चौधरीले बताउनुभयो। लेखा समितिको अन्य थुप्रै कामहरु भएतापनि बेरुजु फछ्यौट मुख्य र एकदमै महत्वपूर्ण काम भएकोले आफुहरु यसमा बिशेष ध्यान दिएको संयोजक चौधरीले बताउनुभयो।

बैठकमा लेखा समितिका संयोजक आशाराम चौधरी, सदस्यहरु निर्मला परियार, दिलवसी बिक, गोबिन्द रोका, सदस्य सचिव सम्भुराज आचार्य र आमन्त्रितहरुमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र आन्तरिक लेखा परीक्षक कृष्ण प्रसाद पौडेलको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID