
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्से तुङको तस्बिरमा मल्यार्पण गरेर सम्मान प्रकट गर्नु भएकाे छ ।
नेता माओत्से तुङको जन्म जयन्तीको अवसरमा प्रचण्डले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माल्यर्पण गर्नु भएकाे हाे । माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।
आज माओ जयन्तीकै दिन प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएकाे छ। नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ अपरान्ह ४ बजे गर्ने शीतल निवासको तयारी छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





