प्रचण्डलाई फोन गरेर देउवाले दिए बधाई

गणतन्त्रनेपाल डटकम

काठमाडौं,११ पुस । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फाेन गरेर बधाई दिनु  भएकाे छ ।

सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा नै देउवाले फोन गरेर प्रचण्डलाई बधाई दिनुभएकाे हाे ।

कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयाे ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएकाे छ । उहांले आज  सोमबार सपथ लिँदै कार्यक्रम तय गरिएकाे छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID