रिहार बगारबाबा धार्मिक धाममा माघी महोत्सवलाई लक्षित गरेर बृहत् सरसफाइ

गणतन्त्रनेपाल समाचारदाता

रिहार, ९ पौष । लमही नगरपालिका ९ रिहार स्थित धार्मिक एवम् पर्यटकीय स्थल बगारबाबा धार्मिक पर्यटन बिकास क्षेत्रको बृहत् सरसफाइ गरिएको छ ।

बगारबाबा धार्मिक पर्यटन बिकास समिति रिहार र जय माहाकाल युवा समुह तुल्सिपुर दाङ शाखाकाे सयुंक्त आयोजनामा आज शनिबार बिहान ८ बजेदेखि बृहत् सरसफाइ कार्यक्रम गरिएको हो ।

बगारबाबा धार्मिक मन्दिरको सरसफाई गर्दै धार्मिक स्थल सफा र सुन्दर हुनुपर्ने र माघी पर्व नजिकिँदै गर्दा महोत्सवको आयोजना हुने भएकोले मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने हुँदा फोहोर अरु समयको तुलनामा बढी हुने भएकाले सरसफाइ गरिएको बगारबाबा धार्मिक पर्यटन बिकास समिति रिहारले जनाएको छ।

उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै धार्मिक तथा एतिहासिक महत्वको क्षेत्रलाई सौन्दर्यकरण गरी पर्यटन प्रवर्द्धन गर्ने, दक्षिणीनाकाबाट नेपाल प्रवेश गर्ने पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्न रिहार धर्मस्थललाई आकर्षक पर्यटकीइ स्थलका रुपमा विकास गर्दै लैजाने, अव्यवस्थित धार्मिक थगा एतिहासिक क्षेत्रलाई प्रवर्द्धन गर्दै, पर्यटन प्रवर्द्धनका लागि, बगार बाबा धार्मिक पर्यटन बिकास क्षेत्र रिहार सफा र सुन्दर देखिनु पर्छ भन्ने हेतुले सरसफाई अभियान सञ्चालन गरेको बगारबाबा धार्मिक पर्यटन बिकास समिती रिहारका अध्यक्ष रबिन्द्र खत्रीले जानकारी दिनुभयो। उहाँले अब प्रत्येक महिनाको एक दिन सरसफाइ कार्यक्रम गर्ने जानकारी समेत दिनुभयो।

सरसफाई कार्यक्रममा जय माहाकाल युवा समुह तुल्सिपुर शाखाका युवाहरू, बगारबाबा धार्मिक पर्यटन बिकास समिती रिहारका कार्यकारी समितिहरू, स्थानीय संघ संस्था लगाएतका स्थानीयवासीको उल्लेखिय उपस्थिति रहेको बगारबाबा धार्मिक पर्यटन विकास समिती रिहारका अध्यक्ष रबिन्द्र खत्रीले जानकारी दिनुभयो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID