इन्जिनियर तथा प्राविधिकहरूका लागि पहुँचयुक्त भवन निर्माण सम्बन्धि तीन दिने तालिम शुरु

आलोक भावुक

गढवा, ९ पौष

पहुँचयुक्त भौतिक वातावरणका लागि बास्तुकला सर्वव्यापी सिद्धान्त सम्बन्धी तीन दिने तालिम शुक्रबार देखि अर्घाखाँचीको सिंतगंगा नगरपालिका ८, सातमारा स्थीत होटेल इभरल्याण्डमा शुरु भएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण राप्ती उपत्यका, देउखुरी दाङको आयोजना एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा सञ्चालित तालिममा प्रदेश पूर्वाधार विकास प्राधिकरण, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र सिंतगंगा नगरपालिकाका इन्जिनियर र प्राविधिक गरी करिब २० जनाको सहभागिता रहेको छ ।

तालिमको प्रशिक्षकमा थापाथली इन्जिनियरीङ्ग कलेजका प्राध्यापकद्धोय बिमला तुलाधर र सुजाता शाक्य रहेका छन् । लुम्बिनी प्रदेशको स्थीय राजधानीमा अब निर्माण हुने सरकारी कार्यालयका भवनहरु पहुँचयुक्त भौतिक वातावरणका लागि सर्वव्यापी सिद्धान्त अनुसार निर्माण गराउनका लागि इन्जिनियरहरुको थप क्षमताबृद्धिका लागि तालिम सञ्चालन गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशकी व्यवस्थापक गोमा पन्थीले जानकारी दिए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेलको अध्यक्षता एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशकी उपाध्यक्ष देबा डाँगीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्धघाटन कार्यक्रममा महासंघकी जनवकालत संयोजक सरोजा भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्राधिकरणका लक्ष्मण घिमिरेले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID