
दाङ, ८ पौष
दाङको घोराहीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।
घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीको मृत्यु भएको हो । उनको परिचय खुलेको छैन।
मोटरसाइकल चालक दंगीशरण गाउँपालिका( ७ का १७ वर्षीय क्रिश खड्काको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन कुमार गौतमले जानकारी दिए। उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
शुक्रबार साढे ४ बजे तुलसीपुरबाट घाराही तर्फ आइरहेको रा १ ख २३७५ नम्बरको बसले तुलसीपुर तर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
मा प्रकाशित
