गढवामा ५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

आलोक भावुक

गढवा, ७ पौष

गढवा गाउँपालिका वडा नम्बर ६ को एक बिध्यालयमा अध्यनरत ५५ जना बालबालिका लाई न्यानो कपडा बितरण गरिएको छ ।

बालकल्याण आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

राप्ती गाउँपालिका ८ सिसहनिया घर भई हाल रोजगारीको सिलसिलामा क्यानडाभा बस्नुहुने हरि पाण्डे र निशा पाण्डे द्वारा बिपन्न सिमान्त्कृत बर्गका ५५ जना बिद्यार्थिहरुलाई नयानो कपडा वितरण गरिएको छ।

गढवा गाउँपालिका वडा नम्बर – ६ को बालाखुटिमा रहेको बालकल्याण आधारभुत बिद्यालयमा अध्यनरत ५५ जना बिध्यार्थीहरु लाई न्यानो कपडा वितरण गरिएको बिध्यालयका प्रधानाध्यापक तारा ढुङगानाले जानकारी दिनु भएको छ।

बुधबार बिध्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर र गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले संयुक्त रुपमा न्यानो कपडा बितरण गर्नु भएको हो ।

हरि पाण्डे र निशा पाण्डे संग गढवा गाउँपालिका वडा नम्वर – ६ का वडा सदस्य दिनमणी आचार्य र राधा आचार्य समन्वय र सहकार्य गरेर यहाँहरीको पहलमा नै बालकल्याण आधारभुत बिद्यालय बालाखुटिका छात्रछात्राहरु लाई न्यानो कपडा बितरण गरिएको भन्दै वडाध्यक्ष बिर बहादुर आलेले खुलेर प्रशंसा गर्नु भयो ।

सहयोगी पाण्डे दुवैजनाले बुवाको चौरासी पुजाको खर्च कटौती गरि बिध्यालयका बिध्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्ने योजना बनाइएको बुझिएको छ।

कार्यक्रमको सहजिकरण बिध्यालयका प्रधानाध्यापक तारा ढुङगानाले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID