तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेकपा दाङद्वारा लमही लगाएत देशभर चक्का जाम

गणतन्त्रनेपाल डटकम

लमही,५ पुष
नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै दाङ जिल्ला भरि १० बजे देखि ११ बजेसम्म चक्का जाम गरिएको छ । दाङ जिल्ला भरि बन्द भएसँगै लमहीमा पनि पूर्ण रुपमा प्रभाव परेको देखिएका छ।नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशभरीका जिल्लाहरूमा तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चक्का जाम गरिएको नेकपा दाङले जनाएकाे छ ।

२०७७ फागुनमा तत्कालीन सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग तिनबुँदे सहमति गर्दै पार्टीमाथिको प्रतिबन्ध खारेज गर्ने, गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर्ने र नेताकार्यकर्तामाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति गरेको थियो। सहमति भएकोदेखी हालसम्म पनि सरकारसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन हुन नसकेको भन्दै पार्टिले आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै संघर्षका कार्यक्रमहरू गर्दै दबाब दिरहेको लमही नगर कमिटी इन्चार्ज उज्ज्वलले जानकारी दिनुभयाे ।

उहांले शान्तिपूर्णरूपमा राजनितिक कार्यक्रम गरिरहेको शक्तिलाई सहमति कार्यान्वयन नगरेर युद्धमा धकेल्ने प्रयत्‍न भइरहेको बताउँदै पार्टीले विरोध जनाएको बताउनु भयाे। देउवा सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरे पार्टि युद्धमा पुग्ने चेतावनी समेत दिएका छन्।

एक घण्टे चक्काजाममा लामो तथा छोटो दुरी सवारी साधन ठप्प रहेका छन् भने चक्काजाममा पार्टीका नेताकार्यकर्ताको बाक्लो उपस्तिथि रहेको छ। एक घण्टे चक्काजाम कडा रुपमा रहेको छ

चक्का जाम कार्यक्रममा लमही नगर कमिटी इन्चार्ज उज्ज्वल, मुक्ति, पूर्ण लगायत जिल्लास्तरका नेताकार्यकर्ताहरू, लमही नगर कमिटीका सदस्यहरू लगाएतको उपस्थिति रहेकोछ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID