आवश्यक भए लुम्बिनी प्रदेशकाे सञ्चार ऐन संशोधन गर्छाै: मन्त्री शर्मा

आलोक भावुक

दाङ, ४ पौष   लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनलाई आवश्यक परे संशोधन गर्ने बताउनु भएकाे छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभालाई सोमबार तुलसीपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताउनु भयो । प्रमुख अतिथि समेत रहेका मन्त्री शर्माले संसदले संचार नीतिमा पास गरेको कुरालाई प्रदेश प्रमुखले हस्ताक्षर मात्र गरेको बताउँदै त्यसमा भएको कमी कमजोरीलाई सच्याउन कुनै समस्या नभएको बताउनुभयो।

कार्यक्रममा बोल्दै सञ्चार मन्त्री शर्माले पहिले समाचार संप्रेषण गर्ने होडबाजीले अधुरो अपुरो र गलत समाचार प्रकाशन प्रशारण नगर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गर्नु भयो ।सत्य तथ्य र समाचार हरेक नागरिक सम्म पुर्‍याउन सबेमा अनुरोध समेत गर्नु भयो। पत्रकार राष्ट्रको चौथौ अंग भएको बताउदै मन्त्री शर्माले एकदमै संवेदनशील र जिम्मेवार पुर्वक समाचार समाजमा ल्याउन सबैमा अनुरोध समेत गर्नु भयो।

देशको परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भुमिका खेलेको बताउदै मन्त्री शर्माले नेपाल पत्रकार महासंघ दाङ शाखाको स्थापना दिवस तथा साधारण सभाको सफलताको शुभकामना समेत दिनु भयो।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

महासंघका उपाध्यक्ष बसुन्धरा गाैतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार सुदिप गाैतम, महासंघका संस्थापक टिकाराम रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चाैधरी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य, नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेेश आचार्य, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मी, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओली, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्याल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति नवीन पोख्रेल, नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा, प्रेस चाैतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्का, क्रान्तिकारी पत्रकार संगठनका हिरामणी दुखी, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष महेश रिजाल, नेपाल पत्रकार महासंघ दाङ शाखाका निर्वतमान सचिव भुपेन्द्र वली, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष, हेमन्तप्रकाश वली, सिस्नोपानी दाङका अध्यक्ष डा. लोकराज पराजुली, पव्लिक ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जिसी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आरके शितलले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID