गढवाबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु

आलोक भावुक

गढवा, १ पौष

दाङको गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकीबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु गरिएको छ ।

स्वास्थ्य संस्थामा जेरियाट्रिक सोसाइटी अफ नेपालले ग्रामीण क्षेत्रका नागरिकहरु समक्ष सेवा पुर्‍याउने उद्देश्य अनुरुप सोही संस्थाको सहयोगमा गढवा गाउँपालिका वडा नम्वर – ६मा रहेको गढवा स्वास्थ्य चौकीमा इसिजी सेवा शुभारम्भ गरेको हो । इसिजी सेवा सुरु भएपछि स्थानीयहरु समेत खुसी भएका छन् ।

इसिजी सेवा नहुँदा यस अघि यहाँका विरामीहरु घोराही, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । मुटुको आधारभुत जाँचका लागि अव बाहिर जान नपर्ने गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो । सामान्य छाती दुखेमा वा मुटु दुखेमा इसिजीबाट समस्या पत्ता लगाउन सकिने प्रमुख चौधरीले बताउनुभयो।

गढवा गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामितामा राखेर काम गरिरहेका गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । १५ सैयाको स्वास्थ्य चौकी भवन निर्माणाधिन अवस्थामा रहेको छ, तयार भएपछी २४ घण्टा आपत्कालीन सेवा सुचारु गरिने र सकभर कुनै पनी बिरामीलाई गढवा बाहिर नजाने हिसाबले काम गरिरहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

इसिजी सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले मानिसहरुमा लाग्ने दिर्घ रोगहरुलाई नियन्त्रण गर्न सचेतनाका कार्यक्रम सँगै सुगर, प्रेसरको चेकजाँच जस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । अब उपचारको समस्याले कोही पनि नागरिकले ज्यान गुमाउनु पर्दैन मन्त्री चौधरीले बताउनु भयो ।

मा प्रकाशित