नकरात्मक उर्जालाई सकारात्मक उर्जामा बदल्ने ठाउँ हो ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय :मन्त्री थारु

आलोक भावुक

गढवा, २६ मङ्सिर । ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय भनेको नकरात्मक उर्जालाई सकारात्मक उर्जामा बदल्ने पवित्र ठाउँ भएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ।

आइतबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवा द्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री थारुले यस्तो बताउनुभएको हो।

ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालयको क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी गिता दिदिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रममा भएको हो।

कार्यक्रममा बोल्दै मन्त्री थारुले अशान्तिलाई त्यागने हो भने मात्र कल्पना गरेको स्वर्ग यहि प्राप्तहुने बताउनुभयो। अहिलेको समयमा मेडिटेसनको आवश्यकता बिश्व भरी नै आवश्यक रहेको बताउदै मन्त्री थारुले बच्चा देखी बृद्धा सम्म सबैलाई मेडिटेसनको अवश्यक्ता परेको बताउनुभयो। मनुष्यको जिवननै नकारात्मक उर्जा संग लड्न भएको भन्दै नकारात्मक उर्जा संग लड्दै समाज परिवर्तनको बाटो आउने बताउनुभयो। समाजमा नकरात्मक उर्जा सिर्जना गर्ने काम बढी भएको भन्दै सबैको दिमागमा सकारात्मक उर्जा आउन र सकारात्मक सोच आउन आवश्यक रहेको बताउनुभयो। मेडिट्रेसनले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलतर्फ डोर्याउँछ मन्त्री थारुले भन्नु भयो।

ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालयको क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी गिता दिदिले शान्ति ल्याउन आफुले आफुलाइचिन्नु पर्ने धारणा राख्नु भएको थियो। पवित्रता केवल ब्रह्मचर्य मात्र होइन, मनसा सङ्कल्पमा पनि कसैप्रति नकारात्मक सङ्कल्प नहोस्, बोलीमा पनि यस्तो शब्द ननिस्कियोस्, सम्बन्ध-सम्पर्कमा पनि सबैसँग राम्रो होस्, कसैमा अलिकति पनि पवित्रता खण्डित नहोस् तब मात्र पुज्य पूज्य आत्मा भन्न सकिने बताउनुभयो। सफामनले राम्रो सोच्न सके त्यहिनै शान्तिप्राप्तहुने उहाँको भनाई थियो ।

साथै सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु र ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालयका शिष्य हेमन्त रावतको जन्मदिनको परेको हुनाले जन्मदिनको शुभकामना समेत दिनु भएको थियो।

सम्मान कार्यक्रममा ब्रह्माकुमारी निमा रोका, ब्रह्माकुमारी उमा गुरुङ, समाजसेवी जगतराम यादव, पत्रकार आलोक भावुक लगायतकाको उपस्थिति रहेको थियो।

ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाकी प्रमुख ब्रह्माकुमारी यसोदा भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन ब्रह्माकुमार आन्नद राम कुंवर योगीले गर्नु भएको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID