सोह्र दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रमको गढवामा समापन

आलोक भावुक

गढवा, २४ मंसिर । गढवा गाउँपालिकाको आयोजना तथा अन्य २० ओटा संघ संस्थाहरुको सह-आयोजनामा १६ दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रमको गढवामा समापन गरिएको छ।

सभ्य समाजको निर्माण, लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराको साथ मंसिर ९ गते देखि शुरू भएको अभियान शनिबार एक कार्यक्रम बिच गढवामा समापन गरिएको छ ।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठकको सभापतित्व एवम् गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अथिति एवम् गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले समाजमा महिला पुरुष दुवै हिंसामा परेको भन्दै त्यसलाई जरै देखी अन्तय गर्नका लागि हामी सबै सचेत र सजग हुनुपर्ने बताउनुभयो। समाजमा हुने कुनैपनि हिंसा सहन नहुने र आफुले पनि हिंसा गर्न नहुने कुरामा जोड दिनु भयो। लिंगको आधारमा हुने सबै खाले हिंसा र अन्त्यका लागि समाजमा हिंसा बिरुद्धको सचेतना कार्यक्रमको आयोजना एकदमै आवश्यक रहेको बताउदै आगामी दिनमा पनि समाजमा हुने सबै खाले हिंसा अन्त्यका लागि गढवा गाउँपालिका संग साथ सहयोग र सहकार्य गर्दै अघि बढ्न सबैलाई उपाध्यक्ष चौधरीले अनुरोध गर्नु भयो। आफु स्वयम् न्यायिक समितिको संयोजक भएकोले गढवा गाउँपालिका भित्र कहि कतै हिंसा भए सिधै पालिकामा आउन अनुरोध समेत गर्नु भयो।

त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर – ६का अध्यक्ष बिर बहादुर आले मगरले अधिकारको नाममा कुनैपनि जाति, धर्म र भाषाको अपमान गर्ने र हिंसा गर्ने हक अधिकार कसैलाई नभएको बताउनुभयो। समाजमा महिला बाट महिला माथीनै हिंसा भैरहेको बताउदै वडाध्यक्ष आलेले सम्पूर्ण लाई गलत नगर्न र गलत नसहन अनुरोध गर्नु भयो । गलतको साथ दिन सकिँदैन तर कोही गलत गर्छ र हिंसा गर्छ भने कानुनले नछाड्ने बताउनुभयो।

समाप्त कार्यक्रम बैल्दै देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठकले १६ दिने अभियानले पक्कैपनि दाजुभाई दिदि बहिनीलाई हिंसा बिरुद्ध खुलेर बोल्ने क्षमता प्रदान गरेको बताउनु भयो। १६ दिने अभियानको एउटै लक्ष्य हिंसामा परेका जो कोही पनि हिंसाको बारेमा सम्बन्धित ठाउँमा बोल्न सकोस् भन्ने रहेको बताउदै कुनैपनि ब्यक्ति हिंसामा परे तत्काल उजुरी दिन अनुरोध गर्नु भयो।

कार्यक्रममा गढवा गाउँपालिकाको महिला बालबालिका शाखाकी प्रमुख प्रेरणा चन्द,नेपाल हृदय रोग निवारण केन्द्र दाङका सचिव शंकर पान्डे,मुक्त कम्लहरी बिकाश मन्च दाङकी ज्ञानु थापा,सिपि नेपालकी सिता कुमाल,रिया चौधरी,दक्षिण देउखुरी अधिकार मन्चकि पुजा चौधरी,शान्ति पुनरस्थापना गृह कोइलाबासकि सिमा जिसि,गढवा उद्योग बाणिज्य संघ गढवाकी सचिव मधा न्यौपाने ,नव स्वर्गद्वारी महिला सहकारीकि रेखा थापा,नेपाल इन्द्र फाउन्डेसनका सुभास चौधरी,हेमन्ता गौतम,नेपाल अपाङ्गता संरक्षण समाज गढवाका भरत पन्त,ग्रीन भ्यालि फ्रेन्ड्स क्लब गढवाका अध्यक्ष सन्जय आले लगायतको सहभागिता रहेको थियो ।

देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र गढवाकी सदस्य गिता यादवको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन रेडियो साझा आवाजका दुख हरण यादवले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID