दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न

आलोक भावुक

गढवा, २३ मङ्सिर

दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ।

दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सर्पदंशमा कर्मचारीको दरबन्दी पुरा गर्ने सम्बन्धी छलफल भएको बताइएको छ। साथै सर्पदंश उपचार केन्द्र गढवामा देखिएका समस्याहरु तत्काल समाधान गरी उपचार प्रणाली अझै सहज र दुरुस्त बनाउने बारे छलफल भएको बताइएको छ।

बैठकमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले देउखुरी सर्पदंश उपचार केन्द्र गढवा लाई प्रदेशकै नमुना सर्पदंश उपचार केन्द्रको रुपमा बिकाश गर्न र आवश्यक सम्पुर्ण उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउन आफु तयार रहेको बताउनुभयो। प्रदेशकै नमुना सर्पदंश उपचार केन्द्र बनाउने बारे स्वास्थ्य मन्त्रालयसंग छलफल चलिरहेको जानकारी दिनु भयो। सर्पदंश उपचार केन्द्रमा भएका उपकरण र सञ्चालनमा ल्याउने र सुरक्षा व्यवस्था लाई अझै दुरुस्त पार्का लागि आफु लागि परेको बताउनुभयो।

बैठकमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, ४ नम्वर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ६ नम्बर वडाका वडाध्यक्ष बिर बहादुर आले मगर, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, गढवा स्वास्थ्य चौकी गढवाका मेडिकल अधिकृत केदार अधिकारी, सर्पदंश उपचार केन्द्र गढवाका राम कुमार यादव, सर्वोदय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामदाश यादव, इलाका प्रहरी कार्यालय गढवाका महाबिर चौधरी, गढवा गाउँपालिकाका कार्यपालिका सदस्य सुर्य बहादुर नेपाली, नागरिक समाज गढवाका खगेश्वर शर्मा, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका युवराज आचार्य लगायतकाको उपस्थिति रहेको थियो।

मा प्रकाशित