शिवसवरी धाम लुम्बिनी प्रदेशको विषेश धामको रूपमा विकास होस् : मुख्यमन्त्री केसी

शिवसवरी धाम धार्मिक केन्द्र पहरूवामा विश्वको ऐतिहासिक नमुना त्रिशुल स्थापना

गणतन्त्रनेपाल डटकम

भालुवाङ, २२ मङ्सिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शिवसवरी धाम प्रदेशकै विशेष धामको रूपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्व रहेको बताउनु भएको छ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रले बुधबार गंगा सागरमा आयोजना गरेको विश्वको ऐतिहासिक नमुना त्रिशुल स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताउनुभएको हो।

मुख्यमन्त्री केसीले यस धामलाई एउटा नमुना धामको रूपमा विकास गर्न धामलाई सिगार्ने देखि साैन्दर्यता कायम गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सुझाव दिदै यसको संरक्षणमा प्रदेश सरकार जुट्ने र हरेक वर्ष कुनै न कुनै चिजमा इटा थपेर साैन्दर्य पुर्ण धार्मिक स्थलको रूपमा विकास गरिने समेत बताउनु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री केसीले अहिले स्थायी राजधानीमा जसरी नमुना शहरको रूपमा विकास गर्ने पास्टर प्लान बनेको छ, त्यसै गरि यस धामलाई पनि धार्मिक गन्तव्यको रूपमा विकास गर्दै लैजान जरूरी रहेको बताउनु भयो।

धार्मिक केन्द्रकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, सिधापत्र डटकमका सञ्चालक मेगमन बुढा, निर्देशक भानु जोशी, दंगाली अनलाइनका सञ्चालक मुक्तिराम पाैडेल, शिवसवरी धाम धार्मिक केन्द्रका उपाध्यक्ष हरिबहादुर बुढा क्षेत्री, पुर्व अध्यक्ष मिश्रुलाल चाैधरी लगायतको विशेष उपस्थिति रहेको थियो । धार्मिक केन्द्रका सचिव राजेन्द्र चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो।

शिवसवरी धाम देखि सडकको दक्षिण तर्फ गंगासागरमा स्थापना गरिएको विश्वको ऐतिहासिक नमुना त्रिशुल हाल २५ फिट अग्लो रहेको छ । सो त्रिशुललाई निकट भविष्यमै विश्वकै सवै भन्दा अग्लो त्रिशुलको रूपमा स्थापना गर्ने बताइएको छ । हाल सो त्रिशूल नमुनाको रूपमा मात्र स्थापना गरिएको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID