लुम्बिनी प्रदेश राजधानी देउखुरी ल्याइयो

आइतवार देखी सबै कामकाज देउखुरी बाटै हुने

गणतन्त्रनेपाल समाचारदाता

गढवा, १९ मङ्सिर

लुम्बिनी प्रदेशकाे अस्थायी मुकाम बुटवलबाट रातारात मुख्यमन्त्री कार्यालय र सचिवालयकाे फर्निचर लगायतका सम्पूर्ण सामाग्री दाङको देउखुरी ल्याइएको छ ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयकाे सामान सहितकाे कार्यालयका सम्पूर्ण सामाग्री बाेकेर मुख्यमन्त्री सहितकाे सम्पूर्ण टाेली स्थायी राजधानी देउखुरी आइपुगेको बताइएको छ ।

सोमबार राति १०:३० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको छ ।

आइतबारबाट मुख्यमन्त्री कार्यालकाे सम्पूर्ण काम देउखुरीबाट नै हुने छ । मुख्य मन्त्रीकाे वुटवल स्थित अस्थायी मुकाम बन्द गरिएको छ ।आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र काेष लेखा नियन्त्रण कार्यालय पनि याे साता भित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी आइसक्ने बताइएको छ ।

नवनिर्वाचित लुम्बिनी प्रदेशसभाकाे सपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणकाे अन्तिम चरणमा रहेकाे संसद् भवनमा बाेलाउने तयारी गरिएकाे छ । प्रदेशसभाकाे दुई तिहाइले गरेकाे निर्णयलाई व्यवहारीक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनु भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID