
गढवा, १८ मङ्सिर
शहरी बिकास मन्त्रालय द्वारा गढवा गाउँपालिकामा एक हजार पाँच सय घरमा टिनको छानो लगाउने भएको छ।
आइतबार दाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का प्रत्यक्ष निर्वाचित सदस्य एवम् शहरी बिकास मन्त्री मेटमणी चौधरीको संयोजकत्वमा सुरक्षित नागरिक आवासका कार्यान्वयन (प्रथम संशोधन) कार्यविधि २०७६ को दफा १५ बमोजिम सुरक्षित नागरिक आवास समन्वय समितिको बैठक बसी नागरिक आवास कार्यक्रम तथा कार्याविधि उपर छलफल गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भएको छ ।

सम्पन्न बैठकले गढवा गाउँपालिकाको आठ वटै वडाहरुमा गरि एक हजार पाँच सय घरमा टिनको छानो लगाउने कार्यक्रम रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
छलफलमा स्थानीय तहबाट प्राप्त विवरण अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना विस्थापित गरी जस्ता पाताको छानो छाउने कार्यक्रमको क्रमागत र नयाँ कार्यक्रमको हालसम्मको प्रगतिबारे छलफल गरिएको आयोजना प्रमुख सुमन कुमार मिश्रले बताउनुभयो।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा घोराही उपमहानगरपालिकाको वडा नम्बर १, २,३ र ५ को लागि पाँच सय लाभग्राही र गढवा गाउँपालिकाको आठ वटा वडाहरुमा गरी एक हजार पाँच सय लाभग्राहि स्वीकृत भैसकेको जानकारी गराईएको छ ।
छलफल कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरी, गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पोख्रेल, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, आयोजना प्रमुख सुमन कुमार मिश्र, लेखा अधिकृत बिनोद दाहाल लगायतको उपस्थिति रहेको थियो।





