आफू अभिनित छोटो चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि अभिनेतृ पन्तकाे गुनासाे

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नायिका सुरक्षा पन्तले आफूले काम गरेको छोटो चलचित्र हिन्दी छोटो चलचित्रको हुबहु कपी भएको थाहा पाएर दु:ख लागेको बताएकी छन्। युट्युबमा एक महिना अगाडि प्रशारण भएको छोटो चलचित्र ‘मनबार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’ को कपी भएको थाहा पाउँदा दु:खी भएको उल्लेख गरेकी हुन्।

फेसबुकमा उनले पहिले नै जानकारी पाएको भए काम नगर्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाँही मन खुम्चिन पुग्छ। व्यक्तिगत रुपमा आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हुँ म। त्यसैले अनविज्ञ भई यस माहोलमा एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।’

उनले यस्तो काम फेरी नदोहोरिएला भन्ने नरहेको बताएकी छन्। इन्टरनेटको सम्पूर्ण कन्टेन्ट हेरिसकेको नहुने हुनाले काम गर्नु अगाडि कलाकार वा अन्य टोलीले कपी हो वा होइन भनेर लेखकको सम्मानमा ठेस नपुर्‍याई कसरी प्रश्न राख्न सक्ला ? भन्दै उनले प्रश्न गरेकी छन्।

उनले यही छाेटो सिनेमाको पार्ट – २ मा आफूले काम नगर्ने मनसायमा पुगेको पनि उल्लेख गरेकी छन्। उनले कलाकारहरु इमानदार रहन जरुरी छ भन्दै आफ्नो टिमले गरेको राम्रो वा नराम्रो कामको बारेमा बोल्नुपर्ने उल्लेख गरेकी छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID