गढवामा निशुल्क आँखा शिविर, ४०२ जना बिरामीहरुको चेकजाँच

४८ जना मोतिबिन्दु भएका बिरामीहरूको बिहिवार सल्यक्रिया हुने

आलोक भावुक

गढवा,१४ मङ्सिर

निशुल्क आँखा चेकजाँच शिविर गढवा गाउँपालिका वडा नम्बर – ६ को गढवा बहुमुखी क्याम्पस गढवामा सम्पन्न भएको छ।

गढवा बहुमुखी क्याम्पस गढवाको प्राङगणमा लगाईएको आँखा शिविरमा ४ सय २ जना बिरामीहरुको ओपिडी चेकजाँच भएको छ भने १ सय ८३ जनाको बिरामीहरु लाई निशुल्क चस्मा वितरण प्राविधिक टोलीका सदस्य बिमल घिमिरेले जानकारी दिनु भएको छ ।

आँखा शिविर बाट ४८ जना मोतिबिन्दु भएका बिरामीहरूको बिहिवार लमही आखा अस्पतालमा निशुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले जानकारी दिनु भएको छ।

गढवा गाउँपालिका वडा नम्बर – ६ का वडाध्यक्ष बिर बहादुर आले मगरको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ लमही दाङका सल्लाहकार उमाकन्त पन्तको प्रमुख आतिथ्यमा एवम् गढवा बहुमुखी क्याम्पस गढवाका संस्थापक प्रमुख दिपक कुमार यादवको बिशिस्ट आतिथ्यमा भएको छ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष विर बहादुर आलेले गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा चलाएको अभियानबाट सम्पूर्ण पालिका बासीहरुले लाभ लिनु पर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा पालिका र वडाले सहकार्य गर्दै अन्य शिविरहरु पनि सञ्चालन गर्ने बिषयमा गहन छलफल भैरहेको वडाध्यक्ष आलेले जानकारी दिनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघ लमहीका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि उमाकन्त पन्तले गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ लमहीको प्राविधिक सहयोगमा पालिकाको सबै वडामा सञ्चालन भैरहेको निशुल्क आँखा शिविरको खुलेर तारिफ गर्नु भयो। यो शिविरले गढवा गाउँपालिका भित्रका सम्पूर्ण पालिकाबासीहरुले निशुल्क रुपमा आँखा चेकजाँच र मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया हुने कुरा सामान्य नभएको भन्दै पालिकाले सम्बेदनशिल बिषयमा जिम्मेवारी पूर्वक अभियान चलाएको भन्दै पालिका लाई धन्यवाद ज्ञापन गर्नु भयो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – ६का वडा सदस्यहरु दिलमणी आचार्य, गोबिन्द रोका, समाजसेवी देवराज यादव, तेज प्रसाद न्योपाने, बिष्णु सुनार, गढवा गाउँपालिकाका प्रेस संयोजक उमानाथ यादव लगाएतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्राविधिक टोलीका सदस्य बिमल घिमिरेले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID