गढवाको मानपुरमा निशुल्क आँखा शिविर

भोली ३४ जना मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया

आलोक भावुक

गढवा, १२ मङ्सिर

गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात भए संगै गाउँपालिका वडा नम्बर – ७ मानपुरको ज्ञान ज्योति प्राथमिक विद्यालय मानपुरमा सोमबार निशुल्क आँखा शिविरको उद्घाटन गरिएको हो ।


गढवा गाउँपालिका वडा नम्बर – ७ का वडा सदस्य माया राम चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्य, नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमही दाङका उपाध्यक्ष रेशम बहादुर खड्का र गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा निशुल्क आँखा शिविरको उद्घाटन गरिएको हो ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा गढवा गाउँपालिकाको आठ वटै वडामा निशुल्क आँखा शिविर सुरु भएको गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
जनताको पहुँच र धेरै विरामीहरु लाई सेवा प्रवाह गर्न गाउँपालिकाको आठ वटै वडामा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरेको अध्यक्ष शर्माले बताउनु भयो।

गढवा गाउँपालिका बासीको समस्या लाई मध्यनजर गर्दै हरेक वडामा आँखा शिविर सञ्चालन गर्नका लागि नेपाल नेत्र ज्योति संघ, आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङको संगको सहकार्यमा गढवा गाउँपालिकाले चेकजाँच अभियान चलाएको गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दु भयो।


सोमबार सञ्चालन भएको शिविरमा कुल २ सय ९८ बिरामीहरुलाई ओपिडी सेवा प्रदान गरेको प्राविधिक टोलीका सदस्य बिमल घिमिरेले जानकारी दिनुभयो। जसमध्ये १ सय ५६ जना बिरामीहरु लाई निशुल्क चस्मा वितरण गरिएको छ भने ३४ जना बिरामीहरु लाई मोतिबिन्दु भएकाले मंगलबार शिविर स्थल बाटै लमही आँखा अस्पताल लमहीमा लगि निशुल्क शल्यक्रिया गरिने घिमिरे जानकारी दिनु भयो।

गढवा गाउँपालिकाले पालिकाको आठ वटै वडाको आँखा शिविर सञ्चालनको तालिका सार्वजनिक गरेको छ।
तालिका अनुसार यही मङ्सिर ८ गते गढवा गाउँपालिका वडा नम्बर – ७ को ज्ञान ज्योति प्रावि मानपुरमा शिविर सकिएको छ भने मङ्सिर १४ गते वडा नम्बर – ६ को गढवा बहुमुखी क्याम्पस गढवामा शिविर सञ्चालन हुनेछ त्यसैगरी मङ्सिर मङ्सिर १६ गते वडा नम्बर – ५ को गंगाप्रसपुर स्वास्थ्य चौकी चैनपुरमा, मङ्सिर १७ गते वडा नम्बर – ४ को वडा कार्यालय गंगाप्रसपुरमा, मङ्सिर २४ गते वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा, मङ्सिर २६ गते वडा नम्बर – २ को रात्री प्रावि पचहा, पौष – २ गते वडा नम्बर – १ को कार्यालय परिसर मलमला र पौष ९ गते वडा नम्बर – ८ कोईलाबासको आँखा उपचार केन्द्र कोइलाबासमा निशुल्क आँखा शिविर सञ्चालन हुनेछ र मोतिबिन्दुको बिरामीहरु लाई छनौट गरी निशुल्क शल्यक्रिया गरिने गढवा गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ दाङ शाखा उपसभापति रेशम बहादुर खड्का, आधारभुत स्वास्थ्य इकाई चन्दनपुरका प्रमुख कृष्ण खनाल, ज्ञान ज्योति प्रावि मानपुरमा प्रधानाध्यापक राम बहादुर यादव र गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक यादव लगाएतकाको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID