गढवामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने

आलोक भावुक

गढवा, १२ मङ्सिर

गढवामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ। शिविर सञ्चालन पूर्व सरोकारवाला संग गढवामा अन्तक्रिया भएको छ। गढवा गाउँपालिकामा स्थायी वन्धाकरण अगावै महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारावालाहरु संग अन्तक्रिया कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा गढवा गाउँपालिकाको बिभिन्न वडामा कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो। गढवा गाउँपालिका स्वास्थ्य शाखा,नेपाल परिवार नियोजन संघ दाङ, प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा यही मङ्सिर महिनाको २० र २१ गते गढवा स्वास्थ्य चौकीमा निशुल्क शिविर सञ्चालन हुने भएको छ।

अनुभवी डाक्टर द्वारा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा (महिलाका लागि मिनिल्याप र पुरुषको लागि भ्यासेक्टोमी) तथा लामो समय सम्म काम गर्ने परिवार नियोजनको अस्थायी सेवा लिन चाहने महिला तथा पुरुषका लागि शिविर सञ्चालन हुने भएकोले सन्तानको रहर पुगिसकेका इच्छुक दम्पतीहरुले सेवा लिनका लागि स्थानीय स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेविका अथवा पायक पर्ने ठाउँमा सम्पर्क गर्न गाउँपालिकाले सबैमा अनुरोध समेत गरेको छ।

कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रमुख बसन्त खनालले यो एक सुवर्ण अवसर भएकोले लाभ लिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो। अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिकाका आठ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, जिल्ला स्वास्थ्य कार्यालयकका परिवार नियोजन अधिकृत खिमानन्द शाक्य, गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रमुख बसन्त खनाल लगायतकाको उपस्थिति रहेको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID